२०८२ माघ २७ गते मङ्गलवार

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

वीरगञ्ज,पुस १८ । बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ।

जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्।

आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव महरा चमार र सुरेश महरा चमारले कुटपिट गरेको पीडितका छोरा प्रभु महराले जानकारी दिए।

पहिलेदेखि नै आफ्नी आमालाई उनीहरुले बोक्सीको आरोप लगाउँदै आएको उनले बताए। उनीहरुले मलमुत्रसमेत खुवाउने प्रयास गरेपछि गाउँलेले उद्धार गरेको महराले बताए।

क‍ुटपिटबाट घाइते सुदामा देवीको घाँटी, हातखुट्टालगायतमा चोट लागेको तथा उनको नारायणी अस्पतालमा भइरहेको परिवारजनले बताएका छन्।

कुटपिटमा संलग्न रहेका चारै जनाविरुद्ध प्रहरीमा उजुरी दिएको महराले बताए। कुटपिटमा संलग्न भएका चारै जना गाउँ छाडेर फरार भएका छन्।

 

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *