२०८३ असोज २८ गते बुधवार

कुकर पड्किँदा तीन घाइते

कालिकोट,पुस ८ । कालिकोटको शुभकालिका गाउँपालिका ३ मा खाना पकाउने कुकर पड्किँदा घाइते भएकालाई आर्थिक अभाव हुँदा उपचार गर्न समस्या भएको छ।

बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार, १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार घाइते भएका थिए।

घाइते आमा छोरालाई स्थानीयको सहयोगमा साँझ ७ बजे मात्रै कालिकोट जिल्ला अस्पताल लगिएको थियो।

वडा नम्बर ३ का वडा सदस्य चक्रबहादुर शाहीले घटनाबारे ढिलो खबर पाउँदा अस्पताल पुर्याउन ढिला भएको जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले केही सहयोग जुटाएर बिरामीलाई अस्पतालसम्म लगे पनि थप उपचारमा समस्या स्थानीय किरण अधिकारीले बताए।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा। रत्नवीर सुनारले अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये दुई आमा छोरा खतरामुक्त भएको बताए।

किर्डाक नेपाल कालिकोटको शुभकालिकामा आयोजित बैठकमा सहभागीले २५ हजार पाँच सय रुपियाँ घाइतेको उपचारका लागि जम्मा गरेका छन्।

घाइते आमाछोराको स्थानीय सहयोगमा जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ

 

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *