पर्सा ,पुस ६ । पर्सामा बिहेको पार्टीमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको झगडामा पर्साको जिराभवानी गाउँपालिका–४ का ३६ वर्षीय सैमुल्लाह राउतको मृत्यु भएको हो ।
त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै(झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्याउँदा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो ।
प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो ।
झगडा हुँदा जाजुल राउत गद्दीसमेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार