काठमाडौं,पुस ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्।
निमोनियाका बिरामी रहेका नेता नेपालको स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
हिजो सोमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा सरिक भएका नेता नेपाललाई अचानक स्वास्थ्य समस्या देखिएको उनी निकट एक नेताले जानकारी दिए।
प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार