काठमाडौँ, मंसिर २३ । मेलम्चीको पानी वितरण सुरु भएको छ ।
तेस्रो पटक उपत्यकाका धारामा खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रवार विहानदेखि पानी वितरण सुरु भएको हो ।
गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द भएको थियो ।
मन्त्री चौधरीले शुक्रवार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्ेका हुन ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको थियो ।
यस पटक छ महिना पानी वितरण गरिने उनले जानकारी दिए
प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
