२०८१ बैशाख १३ गते बिहिवार

चिसो बढेपछि हुम्लाको हिल्सा र सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारियो

हुम्ला ,मंसिर २१ । चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन् ।

चिसो बढेपछि यी दुुवै ठाउँमा मानिसको आउजाउ कम भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा र सुनखानीका सीमा प्रहरी चौकीबाट प्रहरीको टोली फिर्ता ल्याइएको छ ।

दुवै प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ थिए । हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएका कारण दुुवै प्रहरी चौकीबाट प्रहरीलाई फिर्ता बोलाइएको हो ।

हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *