तिर्थराज ज्ञवाली,
सिसहनिया, फागुन २२ । राप्ती गाउँपालिका वडा नं ७ ले फिल्टर वितरण गर्ने योजना अघि सारेको छ । वडाका सम्पुर्ण टोल विकास संस्थाहरुका अति विपन्न परिवारको पहिचान गरि शुद्ध खाने पानीमा पहुँच पुर्याउन ५० प्रतिशत अनुदानमा बायो स्टानलेस फिल्टर वितरण गर्नु तयारी वडा कार्यालयले गरेको छ ।
वडा अध्यक्ष विद्याशरण चौधरी ११ टोल विकास समितिका अति विपन्न परिवारको पहिचान गरि फिल्टर वितरण गर्ने जानकारी दिएका छन् ।
खानेपानी असुद्ध रहेका कारण अनेकन प्रकारका रोग लाग्ने हुँदा त्यसवा बचाउन बायो स्टानलेस फिल्टर वितरण गर्न लागिएको अध्यक्ष चौधरीले बताए ।
त्यसका लागि वडा कार्यालयले सबै वडा बासीलाई पत्राचार समेत गरेको छ । उस्ले ७ दिन भित्रमा वडा कार्यालयमा माग सहितको आवेदन पठाउन आग्रह गरेको छ ।
फिल्टर प्राप्त गर्न नागरिकको जग्गाको अवस्था २ कट्ठा वा सो भन्दा कम हुनुपर्ने, ५० हजार भन्दा कम आयश्रोत भएको हुनुपर्ने, सवारी साधन नभएको हुनुपर्ने,कच्ची घर भएको हुनुपर्ने, शौचालय भएको हुनुपर्ने, सम्पूर्ण वालवालिकाको पञ्जिका दर्ता भएको तथा विद्यालय गएको हुनुपर्ने सर्त वडा कार्यलयले अगाडि सारेको छ ।