तिर्थराज ज्ञवाली,
देउखुरी, फागुन ९ । दाङ देउखुरीस्थित एक सामुदायिक वनको नेतृत्व चुन्न यहाँ मतदान भएको छ । गढवा १ बडहराको कुलपानी सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व चुन्न भएको निर्वाचनको परिनाम अनुसार अध्यक्षमा नवराज शर्मा प्रतिष्पर्धी भन्दा झन्डै दोब्बर बढी मतान्तरले विजयी भएका छन् ।
यो वन समुहमा माघ १६ देखि साधारण सभा तथा अबिधेशन सुरु भएको थियो । लामो सयमसम्म सहमतिको प्रयास गर्दापनि सहमतिमा नेतृत्व चुन्ने संभव नभएपछि अध्यक्ष पदका लागि नवराज शर्मा र विष्णुमाया बसेल बीच प्रतिपर्धा भएको थियो ।
निर्वाचन मन्डलका संयोजक टोपबहादुर गुरुङका अनुसार शर्माले ३ सय ९४ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी विष्णुमाया बसेलले १ सय ५४ मत मात्रै प्राप्त गपरेका थिए । यो वन समुहमा कुल मतदाता संख्या ५ सय ७७ थियो ।
बुधवार भएको निर्वाचनको परिनाम बिहिवार विहान मात्रै सार्वजनिक भएको हो । अध्यक्षमा निर्वाचित भएपछि शर्माले वन बातावरण सबैको साझा सम्पत्ति भएको हुँदा त्यसको संरक्षण र सही सदुपयोगमा सबै लाग्नुपर्ने बताएका छन् ।
यसअघि नै उपाध्यक्ष लगाएतका अन्य पदहरु भने सहमती भइसको थियो । सहमतिबाट उपाध्यक्षमा राकेश शर्मा, सचिवमा दिलसरी विक., कोषाध्यक्षमा पुष्पा चौधरी, सहसचिवमा आइबहादुर बुढा मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा टेकराज खनाल, जुद्धबहादुर विष्ट, मानबहादुर कुमाल, सरिता अधिकारी, जगिराम चौधरी, जग्गुप्रसाद चौधरी, मग्नीराम चौधरी, विष्णु चौधरी, जलावती चौधरी, पुष्पा योगी, सीता थापा, सीता नेपाली, रामस्वरुप चौधरी, मुरारी चौधरीको टुङगो लागि सकेको थियो ।
बडहराको कार्यसमिति २५ सदस्यीय हुने भएको हुँदा थप सदस्य आगामी बैठकबाट मनोनित गरिने भएको छ ।