सल्यान,साउन १९ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला नेता लोकपाल केसी मृत अवस्थामा फेला परेका छन ।
छत्रेस्वरी गाउँपालिका – ४ भिम्पे ठूलीखर्क घर भएका उनी बागचौर नगरपालिका १० मोख्ला स्थित धान खेतमा बिहिवार बिहान मृत अबस्थामा भेटिएका हुन ।
पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज केसी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन ।
मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
घटनास्थलमा प्रहरी, स्थानियबासी र आफन्तहरु पुगेका छ्न । सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले आफू उक्त स्थानतर्फ जान लागेको बताए ।
शब भेटिएको स्थानमा अनुसन्धान जारी रहेको र जिल्ला अस्पतालबाट डाक्टर पुगेपछि नेता केसिको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।