दाङ, फाल्गुन ६ । विपन्न समुदायका सुत्केरी महिलालाई सरसफाई सामग्री र बाल–बालिकालाई पोषिलो खानेकुरा वितरण गरिएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ले घोराही स्थित जागृती टोलमा उक्त सामाग्री वितरण गरिएको हो । विपन्न समुदायका बालबालिकालाई कुपोषणबाट जोगाउँन सरसफाई र पोषिलो खानेकुरा वितरण गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।
सुत्केरी महिलाहरुलाई नङकट,व्रस मन्जन, नुहाने सावुन, केरा, सुन्तला, अण्डा लगाएतका सामग्री वितरण गरिएको थियो । यस्तै विपन्न बाल वालिकालाई पोषणयुक्त खाना र खिर वितरण गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिए । वडामा रहेका कुनै पनि हजार दिनका आमा अकालमा ज्यान गुमाउन नपरोस भनि सुरक्षित मातृत्व कार्यक्रमलाई निरन्तरता दिएको उनले जानकारी दिए ।
पोषण वितरण कार्यक्रम वडा सदस्य नैना कुमारी चौधरीको अध्यक्षतामा भएको थियो । वडा अध्यक्ष डाँगीले समाजमा रहेका कमजोर समुदायलाई राज्यको मुलधार सम्ममा ल्याउँने काम जनप्रतिनिधीको भएको भन्दै त्यसका लागि आफुहरु लागेको वताए । कार्यक्रममा प्रशिक्षक राधा पौड्या, माया भट्राई, रुपा कि देवासंह ठकुरी लगाएतले बोलेका थिए ।