२०८१ बैशाख ६ गते बिहिवार

कोर्चाबाङ समाज सेवा समितिको कार्यालय उद्घाटन

घोराही, २३ माघ । रोल्पाको कोर्चाबाङ बाट दाङमा बसाईसराई गरेर आएका ब्यक्तिहरुले स्थापना गरेको रोल्पा कोर्चाबाङ समाज सेवा समितिको कार्यालय उद्घाटन गरिएको छ ।

बुधवार घोराहीको डुम्मरगाउँमा कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको घोराही उपमहानगरपालिका—१३ का वडाध्यक्ष रबिलाल घर्तीले उद्घाटन गरेका हुन ।

कोर्चाबाङदेखि बसाईसराई गरी दाङ झरेका ब्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय दाङमा समाज दर्ता गरेका छन् । एकता र भाइचाराको सम्बन्धलाई कायम गर्न तथा आईपर्ने समस्यालाई समाधान गर्न सहज गराउनका लागि समाज गठन गरिएको अध्यक्ष नन्दबहादुर घर्तीले बताए ।

यसअघि रोल्पाका विभिन्न स्थानबाट दाङमा बसाईसराई गरेर आएका ब्यक्तिहरुले पनि समाज गठन गरेका छन् । समितिका अध्यक्ष नन्दबहादुर घर्तीको अध्यक्षता तथा वडाध्यक्ष घर्तीको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो ।

उपाध्यक्ष हेमकुमारी घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा रोल्पाली समाज सेवा दाङका अध्यक्ष मदन वली, पत्रकार प्रेमबहादुर राम्जा, समितिका सल्लाहकार शुद्ध बुढा, सदस्य जितेन्द्र पुनले मनतब्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *