२०८१ माघ ३ गते बिहिवार

पाल्पामा बस दुर्घटना हुदां दुई जनाको ज्यान गयो,चार बालबालिका गम्भीर घाइते

पाल्पा,बैशाख ३ । पाल्पामा हिजो बेलुका भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस सडकदेखि झन्डै ४ सय मिटर तल खसेको हो ।

दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जीसी र अशोकलाई जिल्ला अस्पताल पाल्पाले आज बिहान मृत घोषित गरेको हो ।

घाइते ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षका खिमबहादुर घर्तीको प्रभास तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरु सबैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *