२०८३ भाद्र १० गते बुधवार

उदयपुरमा स्कुले छात्राको हत्या

उदयपुर,चैत २२ । उदयपुरको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ ।

कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो ।

उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजायँ दिन माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *