देविराम कुसारी,फुलवारी, चैत्र २ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा ईलाका प्रहरी कार्यालय तुलसीको समन्वयमा बुधवार बखरीयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बालश्रम अन्त्यका लागि प्रहरी र समुदायको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिले बालश्रम अन्त्यका लागि समुदायले ध्यान दिनुपर्ने बताएका छन् ।
वडा सदस्य कमला केसीको अध्यक्षतामा भएको कार्यक्रममा महिला वालवालिका तथा सामाजिक विकास अधिकृत माया श्रेष्ठले बाल अधिकार, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले कानुनी व्यवस्था,न्याय र सजायका वारेमा प्रशिक्षण दिएका थिए ।
वडाका करिब २५ जना सहभागी रहेको कार्यक्रमको व्यवस्थापन पुष्पा शर्माले गरेकी थियन ।
प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार