२०८२ जेष्ठ ४ गते शुक्रवार

आगलागीमा परि एक महिलाको मृत्यु, एक घाइते

ताप्लेजुङ,फागुन २७ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।

रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।

जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणाका अनुसार चुलिमाया ग्यास लिण्डिर पड्किएर घाइते भएकी थिइन् । ‘उहाँ दमको रोगी पनि हुनुहुँदो रहेछ । प्रहरी टोलीले उद्धार गरेर अस्पतालमा लगेको थियो । उपचारको क्रममा मृत्यु भयो,’ राणाले भने ।

आज बिहान करिब ८ः२५ बजेतिर जस्ताले छाएको दुई तले घरमा आगो लागेको थियो । सो घर क्षतिग्रस्त भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *