२०८२ बैशाख ३० गते सोमवार

गर्मी बढ्दो,तत्काल पानी पर्ने सम्भावना कम

काठमाण्डौ,फागुन २५ । दिनप्रतिदिन गर्मी बढ्दो छ । दुई, तीन दिन यता काठमाण्डौसहित देशभरको अधिकतम तापक्रम बढेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ ।

तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *