दाङ, पुस २९ । दाङमा कुँवामा डुवेर महिलाको डुवेर मृत्यु भएको छ । शनिवार विहान पौने ११ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना नौलोटोल निवासी ५० बर्षीया जुगानी चौधरीको कुँवामा खसेर मृत्यु भएको छ ।
चौधरी नुहाउन भनि कुँवामा गएको र नुहाउने क्रममा कुँवामा खसेपछि डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतकको शव कुँवाको पानी मोटरले पानी तानेर सुकाए पछि शनिवार नै कुँवाबाट झिकेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार