२०७८ असोज ८ गते शुक्रवार

नेपालमा थप १ हजार ८९ जनामा कोरोना पुष्टि, १५ सय ३४ जना निको

काठमाण्डौ,भदौ २० । आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि हुँदा एक हजार पाँच सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सात हजार नौ सय ७१ जनाको नमूना परीक्षण गर्दा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये १३ दशमलव ६६ प्रतिशतमा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा निको भएका सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या सात लाख २७ हजार एक सय ८५ जना पुगेको छ । यस्तै थपिएका सहित कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ लाख ५४ हजार तीन सय २१ जना पुगेको छ ।

कोरोना भाइरसका कारण थप २० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १० हजार आठ सय ३८ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

सक्रिय सङ्क्रमित मध्ये पाँच सय २३ जनाको आईसीयू र एक सय ६२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

 

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *