२०८१ चैत्र ९ गते शनिवार

नारायणपुर वाणिज्य संघले आफ्नो भवनलाई आइसोलेशन बनाउने


घोराही, बैशाख २६ । नारायणपुर उद्योग वाणिज्य संघले आइसोलेसन निर्माण गर्न आफ्नो भवन उपलब्ध गराउने भएको छ ।

संघको आइतबार बसेको बैठकले आवश्यक परे संघको भवन आइसोलेसन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्तै बैठकले बजारका विभिन्न स्थानमा सर्वसाधारणलाई कोरोना भाइरसबाट जोगाउन हात धुने तथा पिउने पानीको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले बिहानको समयमा बजार क्षेत्रमा देखिएको भीडभाडलाई व्यवस्थापन गर्न पहल गर्ने, नारायणपुरमा अस्थायी कोभिड अस्पतालको लागि पहल गर्ने, नारायणपुरमै पिसिआर जाँचको लागि समन्वय गर्ने निर्णयपनि गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *