२०८१ चैत्र ६ गते बुधवार

जस्ले जन्मदिनमा २२ सिलिण्डर अक्सिजन ग्याससहयोग गरे

तस्विर : शरद रेग्मी।

तुलसीपुर, बैशाख २२ । नेकपा माओबादी केन्द्रका युवा नेता यज्ञबहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा २२ सिलिण्डर अक्सिजन ग्यास सहयोग स्वरुप प्रदान गरेका छन् ।तुलसीपुर नगरबिकास समितिका पूर्व अध्यक्ष समेत रहेका उनले बुधबार आफ्नो जन्मदिनको अबसरमा ५० केजीको २२ वटा ग्यास ब्यक्तिगत खर्चमा सहयोग गरेका हुन ।

जन्मदिनको अवसरमा ग्यास सिलिण्डर केसीले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन । कोभिड महामारीको समयमा अस्पतालहरुमा अक्सिजनको चरम अभाब भइरहेको हुँदा छटपटाई रहेका बिरामीको जीवन रक्षा गर्न सहयोग पुगोस भन्ने हेतुले आफुले ग्यास सिलिण्डर सहयोग गरेको केसीले फरककोणलाई बताए ।

‘बिपदमा सबैले हातेमालो गर्न जरुरी छ,’ उनले भने ‘ सबैको सामुहिक प्रयासबाट मात्रै कोभिडलाई परास्त गर्न संभव हुन्छ ।’

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *