लमही, बैशाख १९ । देउखुरी उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष रत्न प्रसाद श्रेष्ठले कोराना संक्रमणका कारण उत्पन्न वर्तमान चुनौतीको सामना गर्न सबै एक जुट भएर अगाडि बढन सम्पुर्णमा आग्रह गरेका छन ।
आइतबार पत्रकार संग टेलिफोनमा कुराकानी गर्दै हाल नेपालका विभिन्न जिल्लाहरु लकडाउन रहेको र केही जिल्लाहरु लकडाउनको तयारीमा रहेको भन्दै यो बेला सबै सचेत भै स्वास्थ विधि अपनाउदै घरबाहिर निस्कनै परे उच्च सतर्कता अपनायरमात्र बाहिर निस्कन भनेका हुन ।
“देशलाई महामारीबाट बचाउँ । बाँकी बहस पछि गरौँला ” । महामारीको यो लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्न सरकारलाई अनुरोध समेत गरेका छन ।
लुम्बिनी प्रदेशका कोषाध्यक्ष श्रेष्ठ पहिलो चरणको लकडाउनमा ब्यक्तिगत खर्कमा घर फर्कने पैदल यात्रुलाई गन्तब्य सम्म पुर्याउन र निमुखा, गरिबका बस्तीहरुमा विभिन्न राहतका कार्यक्रम समेत संचालन गरेका थिए । यति बेला श्रेष्ठ कता छन ? के गर्दै छन ? भन्ने प्रश्न गर्नेहरुको संख्या बढदै छ ।