२०८३ भाद्र १० गते बुधवार

स्वर्गिय राणालाई जेसिजले सम्झियो

 


तुलसीपुर, बैशाख १६ । तुलसीपुर नगर जेसिजले आफ्ना सल्लाहकार, युवा ब्यबसायी , खेल प्रेमी भानु बिक्रम राणाको सम्झना श्रदान्जली सभा गरेको छ।

तुलसीपुरस्थित जेसिज चोकमा बुधवार तुलसीपुर नगर जेसिजका अध्यक्ष जेसि नेत्रलाल भट्टराई (नारायण)को अध्यक्षतामा श्रद्धाञ्जली सभा भएको हो ।

कार्यक्रम बक्ताहरुले जेसिज अभियानमा स्वर्गिय राणाले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

राणाको निधनले तुलसीपुर नगर जेसिजलाई अपुरणिय क्षति पुगेको बक्ताहरुले बताएका थिए । कार्यक्रममा नगर जेसिजका पूर्ब अध्यक्ष जेसि मेघराज घिमिरे , पुर्ब अध्यक्ष जेसि बिमलकुमार पौडेल लगाएतको सहभागिता थियो ।

 

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *