२०८१ चैत्र १४ गते बिहिवार

७ बालबालिकालाई परिवार तथा आफन्तको जिम्मा लगाइयो

तुलसीपुर,बैशाख १४ ।असहाय बाल विकास केन्द्र बिजौरीमा सञ्चालकबाटै बालिका यौन शोषणमा परेको घटना बाहिरिए पछि स्थानतरण गरिएका असहाय बालबालिकालाई आफन्त तथा परिवारमा पुर्नमिलन गराइ जिम्मा लगाइएको छ ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले मंगलवार एक कार्यक्रमको आयोजना गरि बालबालिकाका आभिभावक तथा आफन्तहरुलाई जिम्मा लगाएको हो ।

सञ्चालकबाटै बालिका यौन शोषणमा परेको घटना बाहिरिए पछि त्यहाँ बस्दै आएका १५ बालबालिकालाई चैत १३ गते तुलसीपुर उपमहानगरपािलकाले उद्धार गरेर राखेको थियो ।

उद्धार गरिएका मध्य  ९ जना बालकलाई तुलसीपुर ७ मा रहेको ज्ञानज्योति बोर्डिङ स्कुल बम्नैमा राखिएको थियो भने ६ जना बालिकालाई उपमेयर महिला सुरक्षा आवासमा राखिएको थियो । ती मध्ये ७  बालबालिकालाई घर परिवार तथा आफन्तको  जिम्मा लगाइएको हो । 

तुलसीपुर १६ को रोहवरमा ५ जना र वडा १८ को रोहवरमा २ जना बालबालिकालाई अभिभावक तथा आफन्तको जिम्मा लगाइएको हो । त्यसअघि  सोमवार घोराही उपमहानगरपालिका १२ का एक बालकलाई पनि परिवारको  जिम्मा लगाइएको थियो । 

कोभिड –१९ को बढ्दो संक्रमनका कारण  विद्यालय बन्द भएपछि ती बालबालिकालाई परिवारको जिम्मा लगाइएको हो । 

तुलसीपुर नगरका आर्थिक समितिका संयोजक माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भाष्ककरराज गौतमले अभिभावक सही बाटोमा हिडे बालबालिकाको भविष्य सुन्दर हुने तर्क गरे । 

 त्यस्तै महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख विष्णु आचार्यले बालबालिका घरपरिवारमा मात्र सुरक्षित हुने भन्दै आफ्ना बालबालिकालाई घरमै राख्न आग्रह गरे । 

कर्यक्रममा अब बाँकी थप ७ जना बालबालिकाको आफन्तहरुको  खोजी भइरहेको महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले जानकारी दिइन ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *