बेलटाकुरा, चैत ८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरामा शनिवार आयोजित निशुल्क स्वास्थ्य शिविरमा एकसय बढीले सेवा लिएका छन् ।ठकुरी सहयोग सञ्जाल दाङको आयोजना र तुलसीपुरस्थित पाल्पाली पोलिक्लिनिकको सहयोगमा शिविरमा १ सय ९ जना स्वास्थ्य परीक्षण गराउन आएको सञ्जालका एक सदस्य रमेश मल्लले बताए ।
जसमध्य ९० जना जतिले आफ्नो रगत चेकजाँच गराएका थिए । त्यसको रिपोर्ट पोलिक्लिनिकले आइतबार मात्रै उपलब्ध गराउन भएको छ । शिविरमा पुगेपनि ५५ जना जतिले भने आफु निरोगी भएको दाबीका साथ स्वास्थ्य परीक्षणमा सहभागिता नजनाएको पोलिक्लिनकका पदाधिकारीहरुले जानकारी दिए ।
सञ्जालकी अध्यक्ष सृङगार शाहको अध्यक्षतामा भएको शिविरमा सञ्जालका उपाध्यक्ष विशाल जंग शाह लगाएतको सहभागिता थियो ।शिविर बिहान ११ बजेदेखि सुरु हुने स्वास्थ्य बेलुका करिब साढे ४ बजेसम्म सञ्चालन गरिएको थियो ।
शिविरमा सुगुर, प्रेसर, थाईराईड, रगतको निशुल्क चेकजाच गरिएको थियो । चेकजाँच पछि केही औषधि पनि निशुल्क रुपमा वितरण गरिएको थियो । घर नजिकै निशुल्क स्वास्थ्य शिविर पाउँदा स्थानीय सर्वसाधारण खुसी भएको रमेश मल्ले जानकारी दिए ।