२०७८ बैशाख १ गते बुधवार

बेलटाकुरामा निशूल्क स्वास्थ्य शिविर

तुलसीपुर, चैत ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा गाउँमा शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।ठकुरी सहयोग सञ्जाल दाङको आयोजना र तुलसीपुरस्थित पाल्पाली पोलिक्लिनिकको सहयोगमा शिविर सञ्चालन गर्न लागिएको छ ।

बिहान ११ बजेदेखि सुरु हुने स्वास्थ्य शिविर बेलुका ४ बजेसम्म सञ्चालन हुने ठकुरी सञ्जालका एक सदस्य रमेश मल्ले जानकारी दिए । लाखे नाँच्ने डाँडोमा शिविर सञ्चालन हुने भएको छ ।

शिविरमा सुगुर, प्रेसर, थाईराईड, रगत चेक जाँच निशुल्क रुपमा गरिने भएको छ । चेकजाँच पछि रुघाखोकीको औषधीदेखि, पेन किलर, ज्वरो,ग्याष्ट्रिक जस्ता रोगहरुको निशुल्क रुपमा औषधी प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *