२०७८ बैशाख ४ गते शनिवार

बबईमा सहयोगी सामग्री हस्तान्तरण

हापुरे, चैत ५ । स्थानीयस्तरमा हुने बिपदलाई न्यूनीकरण गर्न सहयोग पुगोस भनेर सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले बिहीवार सहयोगी सामग्री हस्तान्तरण गरिएको हो ।

बबई गाउँपालिकाभित्र हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वराज अर्यालले जानकारी दिए । रेडक्रसले आकस्मिक शौचालय, सौर्य लाइट, पानी ट्यांकी, पिपिई र स्प्रे ट्यांकी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बबई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिमलाल वली, वडा अध्यक्ष नन्दलाल वली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, सहकोषाध्यक्ष ज्ञानप्रसाद आइतबारे, गाउँपालिकाका सुब्बा अरुण केसीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *