२०८१ जेष्ठ १७ गते बिहिवार

प्रदेश टुडे दैनिक चौथो बर्षमा प्रबेश

तुलसीपुर,फागुन ७ ।दाङको तुलसीपुरबाट प्रकाशित हुदै आएको प्रदेश टुडे राष्ट्रिय दैनिक तेश्रो वर्ष पारि गरि चौथो वर्षमा प्रवेश गरेको छ । प्रदेश टुडे दैनिकले शुक्रवार तुलसीपुरमा रक्तदान तथा फलफूल वितरण कार्यक्रम गरेर चौथो वार्षिक उत्सव मनाएको छ ।

पत्रिकाका प्रकाशक भुवन गौतमको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रदेश टुडे पत्रिकाले तुलसीपुर क्षेत्र सगंसगै आम सञ्चारको क्षेत्रमा पहिचान स्थापित गर्ने काम गरेको भन्दै प्रसंसा गरे ।

‘ यो क्षेत्र एउटा कठिनाई क्षेत्र हो,पाण्डेले भने,–‘पत्रिका व्यवसायिक पत्रकारीताको क्षेत्रमा अगाडी बढदै गएको देख्दा मलाई खुसी लागेको छ ।’उनले आगामी दिनहरुमा पनि पत्रिकाको निरन्तरताका लागि शुभकामना दिए ।

मेयर पाण्डेले विभिन्न चुनौतीको बीचमा पनि यसलाई सशक्त बनाउदै अगाडी बढाउन आग्रह पनि गरे ।आम सञ्चारसगं सहकार्य गर्नका निम्ति स्पष्ट रुपमा रणनीति बनाएर काम अघि बढाएको उनले बताए ।

उनले तुलसीपुरबाट प्रकाशन हुने दैनिक÷साप्ताहिक पत्रपत्रिका,अनलाईन,स्थानिय टेलिभिजन, रेडियोहरुलाई समेटेर बिज्ञापन लोककल्याणकारी बिज्ञान दिदै आएको बताए । त्यस्तै उनले आम सञ्चार माध्यमका प्रकाशक÷सम्पादकहरुले जबसम्म जनताको मन जित्न सक्दैनन् तबसम्म आफ्नो गतिशिलता अघि बढाउन नसक्ने धारणा राखे ।

कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिनोद सिंह,तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे,प्रजातान्त्रिक उद्योग व्यवसायीसघंका अध्यक्ष जनकखराल,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी लगाएतले समाज परिवर्तनका लागि पत्रिकाले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

कार्यक्रमको सहजिकरण पत्रकार उमा भण्डारीले गरेकी थिइन । वार्षिक उत्सवको अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण र रक्तदान कार्यक्रम पनि गरिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *