तुलसीपुर,माघ २८ ।किवानिज क्लब अफ राप्तीले तुलसीपुर १४ मा रहेको हात्ति ढुंगा जाने सडकको मर्मत गर्ने भएको छ । पर्यटकिय केन्द्रका रुपमा चिनिएको हात्ति ढुंगामा दैनिक संयौँ आन्तरिक पर्यटकहरु जाने गरेको भएता पनि त्यहाँ सम्म जानको लागि सडक राम्रो नहुदाँ पर्यटकहरुले सास्ती भोग्नु परेको गुनासो आएपछि आफुहरुले सडक मर्मत गर्न लागेको क्लबका अध्यक्ष बिमल पोख्रेल (जेठु)ले बताए ।
बुधवार अध्यक्ष पोख्रेलको नेतृत्वमा स्वामि केशव आचार्य सहित क्लबको टोलिहरु त्यहाँ गएको, विभिन्न ठाउँबाट आएका पर्यटकहरुले सडक, खानेपानी, जस्तोको समस्या रहेको गुनासो गरेपछि आफुहरुले सडक मर्मत तथा खानेपानीको ब्यवस्था गर्न लागेको उनले बताए ।
‘ हात्ति ढुंगा हेर्दा सबैलाइ अनौठो लाग्छ,’ उनले भने,‘ यसले हाम्रो ठाउँ मात्र नभइ देशलाई नै चिनाउन सक्छ । त्यसलाई अझ ब्यवस्थित गर्नु पर्ने देखिन्छ । ’ त्यस्तै, क्बलका संरक्षक जागेश्वरी वलीले हात्ति ढुंगा भएको ठाउँमा शिवको मुर्ती स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
केहि समय अगाडी तुलसीपुरमा स्थापना भएको क्बलले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको क्लबका प्रेस संयोजक राकेश बस्नेतले जानकारी दिए । आफुहरुको प्रमुख उद्देश्य नै समाज सेवा रहेको समेत उनको भनाइ थियो ।