तुलसीपुर, माघ २२ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का १८ बर्षीय सबिन बिकमाथि आक्रमण भएको छ । गोरखा बोर्डिङ स्कूल नजिकै बिहीवार मध्यान्ह तिर बिकमाथि आक्रमण भएको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार तुलसीपुर ६ गुल्मचोक निवासी १९ बर्षीय कुमार पुनले पछाडिबाट टाउकोमा ढुँगाले आक्रमण गरेका थिए ।
पुरानो रिसिबीका कारण पुनले पछाडिबाट आएर बिकमाथि ढुँगाले टाउकोमा प्रहार गरि घाइते तुल्याएको डिएसपी सिंहले बताए । घाइतेको तुलसीपुरमा उपचार भइरहेको र अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार