देउखुरी, माघ २० ।पानी र सिमसार मानिस जिउने आधार भन्ने नारा सहित डिभिजन वन कार्यालय देउखुरीले दिवस मनाएको छ । सिमसार क्षेत्र लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिमसार दिबसको अवसरमा मंगलवार बृक्षारोपण र सरसफाई गरिएको हो ।
लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्षण र प्रर्बधन नहुदा भएका सिमसारहरु मासिने खतरा रहेको भन्दै ती संरक्षणमा ध्यान दिन आबश्यक रहेको बताए ।
सामुदायिक वन उपभोक्ता महासघका क्षेत्रीय अध्यक्ष हरि भुसालले बन्य जन्तु सरक्षण र प्रबर्धनको लागि सिमसार खाँचो हुने भएको हुँदा त्यसको संरक्षण र बिकाशमा लाग्न जरुरी रहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरीहरु दिन प्रतिदिन मासिदै र नासिदै जादा जैबिक बिबिधता संकटमा पर्न थालेको बताइन ।
कार्यक्रममा जखेराताल धार्मिक तथा पर्यटकीय बिकाश समितिका महासचिब लोकमणि बन्जाडे वन बन्यजन्तुको संरक्षण जलचर प्राणिसहित समग्र प्राणिको जीबन रक्षाको लागि सिमरास क्षेत्रको संरक्षण र बिकाश हुन आबश्यक रहेको बताए ।
कार्यक्रम डिभिजन वन कार्यालय देउखुरीका निमित्त प्रमुख प्रेमिलाल प्रसाद शाहको अध्यक्षता भएको हो ।