बिजौरी, माघ १८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले आइतवार ८४ बर्षभन्दा माथीका ३३ जनालाई न्यानो कपडा वितरण गरेको छ ।
वडा कार्यालयमा न्यानो कपडा वितरण गरिएको हो । तुलसीपुरकी उपमेयर माया शर्मा आचार्यले बृद्धबृद्धाहरु भनेका हामीहरुका अभिभावक भएको भन्दै सधैँ उनीहरुको हितमा काम गर्दै अघि बढ्ने बताइन ।‘बृद्धबृद्धाहरु भगवानको अर्कौ रुप हो,’ उनले भनिन् ‘सदैव उहाँको हितमा हामी काम गर्ने छौं।’
शर्माले मनमोहन अधिकारीलाई सम्झदै बृद्धबृद्धाहरुको लागि एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले आएर १२ हजार पुगेको बताइन ।
तुलसीपुर वडा नं १८ का वडा अध्यक्ष माधव वलीले घर आँगनमा आफ्ना अभिभावकहरुको सेवा गर्न पाएको भन्दै खुसी साटे । त्यसक्रममा ३३ जना जेष्ट नागरिकलाई एक थान ओड्ने, ओछ्याउने कपडाहरु वितरण गरिएको थियो ।
प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार