नारायणपुर, माघ ९ । दाङको नारायणपुरमा सार्वजनिक सौचालय निर्माण थालिएको छ ।सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका १० नारायणपुरमा सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो ।
नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहल र ग्रामीण खानेपानी विकास कोष (फन्बोर्ड) को सहयोगमा शौचालय निर्माण सुरु गरिएको छ । कति लागतमा सौचालय निर्माण थालिएको हो ? त्यो भने सार्वजनिक गरिएको छैन ।
सौचालय अपांगमैत्री हुने छ । उक्त सौचालयको शुक्रवार शिलन्यास गरिएको छ । सिलन्यास कार्यक्रम नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण)को अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) को प्रमुख आतिथ्यमा भएको हो ।
नारायणपुर बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण भएपछि बजार किनमेलका लागि आउने र्वसाधारणलाई सहज हुने आशा गरिएको छ ।