दाङ, माघ ७ । खाना पकाउँदा अगेनामा जलेर गम्भीर घाइते भइ उपचारका क्रममा ज्यान गुमाएकी मिनकला खड्काको परिवारलाई बिदेशमा बस्ने नेपालीले आर्थिक साहेता गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ बर्षीया खड्का पुस १० गते विहान घरमै खाना पकाउँदा अगेनाको आगो ताप्ने क्रममा सारीमा सल्किएपछि जलेर गम्भीर घाइते भएकी थिइन ।
उनको माघ २ गते राति साढे दश बजेतिर पाल्पामा उपचारका क्रममा मृत्यु भएको थियो । खड्काको मृत्यु पछि बिदेशमा रहेका उनका छोरा टिकाराम खड्का माघ ६ गते मात्रै बिदेशबाट घर आइपुगेका छन् । यसैबीच बिदेशमा रहेका खड्काका साथीहरुले बिदेशमा आर्थिक सहयोग संकलन गरि २३ हजार बढी आर्थिक सहयोग पठाएका छन् ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ४ गिधनिया घर भइ हाल दुहा कतारमा बस्दै आएका टिकाराम भण्डारीको सक्रियतामा उक्त रकम संकलन गरिएको हो । ‘बिदेशमा रहेका हाम्रै साथीलाई नेपालस्थित घरमा आमाको जलेर उपचारका क्रममा मृत्यु भएको खवरले सारै पीडा बोध भयो,’भण्डारीले भने ‘यस्तोमा मानविय नाताले सबैले सक्दो सहयोग गर्नु पर्छ भन्ने ठानेर मैले आग्रह गरेपछि साथीहरुले आफुखुसी सहयोग गर्नु भएको हो ।’
आफुहरुले पठाएको रकम थोरै भएपनि तत्काललाई त्यो रकमले किरिया खर्चको व्यवस्थापन गर्न साहेता पुग्ला भन्ने उदेश्यले सहयोग संकलन गरि पठाएको भण्डारीले जानकारी दिए । खड्काको आर्थिक अवस्था कमजोर रहेको भन्ने खवर पाएपछि आफुहरुले उक्त रकम सहयोग संकलन गरि पठाएको भण्डारीले जानकारी दिए । दूई बर्ष अगाडि मात्रै टिकाराम खड्काका बुवाको पनि निधन भएको थियो ।
आमा निधन पछि माघ ६ गते मात्रै घर आइपुगेका टिकाराम खड्काले साथीहरुले बिदेशबाट रकम संकलन गरि आफ्नो परिवारको खातामा रकम जम्मा गरिदिएको जानकारी दिए । आफु अप्ठेरोमा पर्दा स्वच्छिक रुपमा आर्थिक सहयोग संकलन गरि पठाउने सबैलाई खड्काले फरककोण मार्फत धन्यबाद ज्ञापन गरेका छन् । कस्ले कति सहयोग गरे (नाम र रकम लिष्टमा हेर्नुहोस)