२०८१ असोज ४ गते शुक्रवार

जस्ले छोरीको पास्नीमा महेन्द्र माविमा छात्रबृत्ति स्थापना गरे


तुलसीपुर, पुस १८ । आफ्नी छोरीको अन्नप्राशनको अवसरमा बिदेशमा बस्ने एक दम्पत्तिले दाङ तुलसीपुरका एक विद्यालयमा छात्रबृति स्थापना गरेका छन् । छोरी आरोहीको पास्नीको अवसर पारी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढा घर भइ हाल न्यूजिल्याण्डमा बस्दै आएका बिरेन्द्र र सरिता केसी दम्पत्तिले तुलसीपुर १२ स्थित महेन्द्र माविमा छात्रबृत्ति स्थापना गरेका हुन ।

बिरेन्द्रले आफुले अध्यन गरेको महेन्द्र माविमा यसअघि पनि दूईवटा छात्रबृत्ति स्थापना गरेका थिए । यसपाली छोरी आरोहीको पास्नीमा थप दूईवटा छात्रबृत्ति थप गरि चारवटा पु¥याइएको बिरेन्द्र केसीले जानकारी दिए । ‘यशस्वी आरोही उत्कृष्ट पुरस्कार’ नाम रहने उक्त छात्रबृत्तिहरु कक्षा १ देखि ५ सम्ममा प्रथम हुने छात्रा र छात्रलाई हरेक बर्ष प्रदान गरिने भएको छ ।

यस अघि स्थापना गरेका ‘घनश्याम लीलाकुमारी’ र ‘कमल कमला’ पुरस्कार क्रमस कक्षा ८ मा प्रथम हुने छात्र र छात्रालाई हरेक बर्ष प्रदान गरिदै आइएको छ । न्यूजिल्याण्डबाटै सहयोगी मार्फत विद्यालयका शिक्षकको सल्लाहमा छोरीको पास्नीमा थप दूईवटा छात्रबृत्ति स्थापना गर्न पाउँदा खुसी लागेको केसीले बताए ।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *