देउखुरी, पुस १३ । राप्ती गाउँपालिका वडा नं. २ मा जेष्ठ नागरिकलाई शिरक वितरण गरिएको छ ।७७ बर्षदेखि ८१ बर्ष उमेर समुहका जेष्ठ नागरिकलाई सोमबार एक जनालाई एउटाको दरले शिरक विरतण गरिएको हो । राप्ती गाउँपालिका वडा नं. २ ले २९ जना जेष्ठ नागरिकलाई शिरक वितरण गरेको वडा सचिव सीता भण्डारी आचार्यले जानकारी दिइन ।
वडा अध्यक्ष जगतबहादुर थापाले जेष्ठ नागरिकलाई शिरक वितरण गरेका हुन । वडामा आउन नसक्नेलाई जनप्रतिनिधि र कर्मचारी घरमै गएर शिरक वितरण गरेका हुन । अध्यक्ष थापाले जेष्ठ नागरिक सबैका मार्गदर्शक, पथ प्रदर्शक, ज्ञानदाता, भएकोले हुँदा सबैले सम्मान र हेरचाह गर्नु पर्ने बताए ।
गत महिना वडा नं ७ मा ७४ वर्षदेखि ७७ वर्ष उमेरका ६५ जना जेष्ट नागरिकलाई फाईवर शिरक वितरण गरिएको थियो ।राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३ सय १४ वढी जेष्ठ नागरिकलाई थरमस र लाईट बितरण गरिएको छ ।