हापुरे, पुस १३ । बबई गाउँपालिकाका डकर्मीका लागि सात दिने तालिम सुरु भएको छ । गाउँपालिकाको पुर्बाधार बिकाश शाखाको आयोजनामा तालिम सुरु भएको हो । तालिममा २६ जनाको सहभागीता रहेको छ ।
परम्परागत रुपमा निर्माणका काममा संलग्न डकर्मीलाई तालिम दिएर थप सीप पर्दान गरि व्यवसायिक बनाउने उदेश्यले तालिमको आयोजना गरिएको े ईञ्जिनियर राजेश देबकोटाले बताए । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भूकम्प प्रतिरोधी पुर्बाधार निर्माण गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले डकर्मीलाई तालिम दिन थालिएको बताए ।
कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्माले तालिममा सक्रिय पूर्वक सहभागि भएर आफुलाई व्यवसायिक बनाउन आग्रह गरिन । ईञ्जिनियर रबिन्द्र बोहराले स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अर्का ईञ्जिनियर राजेश देबकोटाले गरेका थिए ।
प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार