भालुवाङ, पुस ९ ।राप्ती गाउँपालिका भालुवाङस्थित लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा विस्तार भएको छ । गाउँपालिकाले निक साईमन्स ईन्टिच्युट ललितपुरको सहकार्यमा एमबिबीएस चिकित्सकसहितको प्राबिधिक सेवा सुरु भएको छ ।
विगतमा एकजना मात्रै चिकित्सक रहेकोमा अब एक जना ल्याव टेक्निसियन, एकजना फार्मेसी सहायक , एकजना स्टाप नर्स थप गरिको छ । अब स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा, ईसिजी सेवा सुरु गरिएको छ ।
छिटै डिजीटल ऐक्सरे सेवा समेत सुरु गरिन गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । हाल दूईवटा भवनबाट सेवा भइरहेको छ । यो स्वास्थ्य चौकीमा आगामी दिनमा नयाँ स्वास्थ्य सेवासुविधा सहितको सेवा प्रदान गर्नको लागि प्रदेश सरकार तथा संघीय सरकार संग समन्वय भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ताराबहादुर डिसीले चौकीको स्तरउन्नती गर्न अति आवश्यक रहेको बताए । सो अवसरमा निक साईमन्सका सिनियर चिकित्सक मदन श्रेष्ठ, ल्याव टेक्निसीएन अमित सुवेदी, फार्मेसी सहायक मेघराज पाण्डे र स्टाफ नर्स श्रृजना गुरुङलाई स्वागत गरिएको थियो ।
राप्ती गाउँपालिकाको पूर्वी क्षेत्रमा पर्ने लालमटिया स्वास्थ्य चौकीमा छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिका र प्यूठानको सरुमारानी गाउँपालिकावाट समेत स्वास्थ्य सेवा लिन आउनेको संख्या ठूलो छ ।