तुलसीपुर, मंसिर १५ । बबई गाउँपालिका वडा नं. ३ धहेखोला किनारमा निर्मित मन्दिर उद्घाटन गरिएको छ । तीन लाख ३५ हजार २ सय ५० रुपैंयाको लागतमा मन्दिर निर्माण भएको हो । स्थानीय नागबाग समुदायका २० घरले आपसमा रकम संकलन गरि उक्त मन्दिर निर्माण गरेको प्रेम नागबागले जानकारी दिए ।
मन्दिरको उद्घाटन बबई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नन्दलाल वलीले आइतवार गरेका हुन ।कार्यक्रमलाई सम्वोधन गर्दै वलीले समाजमा सबैले सबैको सम्मान, इज्जत गर्दैै मिलेर बस्नु पर्ने बताएका थिए ।
नागबाघ समुदायका कुलदेवता दारेमस्टको उक्त मन्दिर मन्दिर उद्घाटन कार्यक्रम पूजारी बलिभद्र नागबाघको अध्यक्षतामा भएको हो । उद्घाटन कार्यक्रममा गाउँकै कुलबहादुर खत्री, धनसिंह खत्री लगाएतले धारणा राखेका थिए । मन्दिर उद्घाटन पछि त्यहाँ पुगेका विभिन्न जात जातिका मानिसहरुका बीचमा सहभोज कार्यक्रम भएको थियो ।