तुलसीपुर, कात्तिक ११ । दाङको राजपुरमा युवती जिस्काएको विषयमा भएको झडपमा परि सात जना घाइते भएका छन् । राजपुर गाउँपालिका वडा नं. ४ दुलैयाका ओमकार यादवले
स्थानीय दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाई जिस्काएको विषयमा विवाद सुरु हुँदा झडप भएको थियो ।
इलाका प्रहरी कार्यालय गढवाका एक प्रहरी अधिकारीका अनुसार धन्यराज यादवले ओमकार यादवलाई किन किशोरी माथि दुव्र्यवहार गर्छौ ? भनेर हप्काएका थिए ।
त्यसको केही समयपछि ओमकारका दाजु हिरालाल यादवको समुह धन्यराज यादव बसेको शिवु यादवको घरमा गएुर ढुंगामुडा गरेको थियो ।
त्यही ढुंगाहाना हानकै क्रममा किशोरी पक्षका २१ वर्षीय किशोरकुमार यादव, ६३ वर्षीय जगोशर अहिर र धन्यराज यादवलाई पनि घाइते भएका छन् ।
केटा पक्षका हिरालाल यादव घाइते भएका छन् । घाइते मध्य हिरालाललाई लमहीको उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ ।
किशोरी पक्षका २१ वर्षीय किशोरकुमार यादव, ६३ वर्षीय जगोशर अहिरको लमहीमा उपचार भइरहेको छ । त्यस्तै युवक पक्षका थप दुई जना डिस्चार्ज भइसकेका छन् ।