२०८१ चैत्र ३ गते आइतवार

लायन्स क्लव राप्ती इञ्जिनियरिङको रक्तदान


घोराही, असोज १३ । जिल्लामा रगतको अभाव कमगर्नका लागि लायन्स क्लव राप्ती इञ्जिनियरिङ दाङको आयोजनामा मंगलबार रक्तदान गरिएको छ । घोराहीस्थित रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा सात जनाले रक्तदान गरेका छन् । क्लवका अध्यक्ष भिमसेन गिरी, क्लवका सचिव तथा राप्ती पोष्ट दैनिकका सम्पादक÷प्रकाशक शरद अधिकारी, कर्णबहादुर पुन, युवराज केसी, सुरेन्द्र भारती, सुवेन्द्र चौधरी र समिरजंग चौधरीले रक्तदान गरेका हुन ।

विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । क्लवका अध्यक्ष भिमसेन गिरीको अध्यक्षता तथा लायन्स क्लव ३२५ बी टूु एरिया नं. ५ का एरिया चिफ लायन युवराज थपलिया र एरिया नं. ५ का इभ्यालुसन हेड लायन लव अधिकारीको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *