२०८१ चैत्र ३ गते आइतवार

राप्ती स्वास्थ्य प्रतिष्ठानको हाताभित्र बृक्षारोपण


घोराही, असोज ११ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो दोस्रो बार्षिक उत्सबको अवसरमा आइतवार बृक्षारोपन गरिएको छ । प्रतिष्ठानको अस्पताल, प्रशासनिक, आइसोलेसन र अस्पतालको क्वाटर हाताभित्र बिभिन्न्न जातका १ सय १० वटा बिरुवा रोपिएको हो ।

टिक , मसला, मालागेडी, चिउरी, बजरदन्ती, ज्याक राण्ड, रुद्राक्ष, निम, अमला, एलाण्डा लगायतका जातका बिरुवा रोपिएको प्रतिष्ठानकी उपकुलपती प्राध्यापक डाक्टर संगिता भण्डारीले जानकारी दिइन ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसाल, जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगबहादुर शाही, प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर पन्थी लगायत अस्पतालका चिकित्सक, कर्मचारीले बृक्षारोपण गरेका हुन । बार्षिक उत्सवको अवसरमा असोज १२ गते प्रतिष्ठानले विरामीको भर्ना शूल्क निशूल्क गर्ने भएको छ ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *