२०७८ जेष्ठ २ गते आइतवार

विषम परिस्थितिमा नाफा हैन सेवामा ध्यान दिन सुझाव


तुलसीपुर, बैशाख १५ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले सुरक्षित भएर सेवा दिन औषधी व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल औषधी थोक व्यवसायी संघ ५ नं. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा सोमवार भएको भिडियो कन्फरेन्समा उनले त्यस्तो बताएका हुन ।

केन्द्रिय अध्यक्ष बास्कोटाले अहिलेको विषम परिस्तिथिमा सम्पूर्ण थोक व्यवसायीहरु एकजुट भएर औषधिको सहज आपूर्ति र व्यबस्थापनमा लाग्नु पर्नेमा जोड दिए । समान नीति र स्वस्थ्य प्रतिस्पर्धा मार्फत नाफा मात्रै नखोजी सेवामुखी बन्न उनले आग्रह गरे । संवादको सहजिकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *