२०८२ साउन १ गते बिहिवार

रक्त सञ्चार केन्द्रलाई आधुनिक रेफ्रिजेटर प्रदान


यमकला भुसाल,
तुलसीपुर,पुस २१ । रक्त सञ्चार केन्द्र तुलसीपुरलाई फुजिमा आयल कम्पनी प्रालि बिराटनगरले ब्लड बंैक भण्डारण गर्ने रेफ्रिजेटर प्रदान गरेको छ । सोमवार कम्पनिका बजार प्रतिनिधि नविन बस्नेतले नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्यलाई उक्त रेफ्रिजेटर हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहले यस आर्थिक बर्षमा एक लाख बजेट उपब्ध गराएको र आगामी दिनमा सुत्केरी र सिकलसेल एनिमियाका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने गरी बजेट बिनियोजनको तयारी गर्न लागेको जानकारी दिए । वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसीले वडाको तर्फबाट रक्त सञ्चार केन्द्रका लागि हालै ५० हजार रकम बिनियोजन गरिएको जानकारी दिए ।

रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले यस अघिको फ्रिजमा १० देखि १२ प्वाइन्ट मात्र रगत राख्न सकिने अवस्था रहेको भएपनि अब चाहिने जति रगत भण्डारण गर्न सकिने जानकारी दिए । उनले यस अघि आधुनिक फ्रिज नहुँदा रगत जमेर खेर जाने अवस्था रहेको हुँदा भण्डार गर्न समस्या रहेको बताए ।

कार्यक्रममा रेडक्रस दाङका संस्थापक मन्त्री नवराज रजौरे,राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रताप पोख्रेल, कालिकादेवी स्मृति भवनका दाता बामदेव शर्मा, सम्बाद समूहका सहजकर्ता सुशिल बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यसक्रममा अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।

रेडक्रस जिल्ला मन्त्री मदन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सदस्य भिमलाल मरासिनीले गरेका थिए । हाल रक्त सञ्चार केन्द्र घोराहीमा मासिक साढे २ सय पाउण्ड र तुलसीपुरबाट ८० पाउण्ड रगत खपत हुँदै आएको जानकारी पनि दिइएको थियो ।

प्रकाशित मिति : २०७६ पुष २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *