दाङ,मंसिर २० । सिभिल बैंक लिमिटेडको तुलसीपुर शाखाले रक्तदान कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो ९औं बार्षिक उत्सवको अवसरमा तुलसीपुरको वीपी चोकस्थित कार्यालय परिशरमा शुक्रवार विहानदेखि रक्तदानकार्यक्रम आयोजना गरेको छ ।
बैंकका शाखा म्यानेजर प्रनिल पछाँईले कुनैपनि विरामी तथा घाइतेको रगत अभावमा अकालमा ज्यान नजावस भन्ने हेतुले रक्तदानकार्यक्रम आयोजना गरिएको बताए । ‘रक्तदान नै जीवन दान हो,’ म्यानेजर पछाँईले भने ‘वित्तिय संस्थाहरुले संधै मुनाफा मात्रै खोज्नेहैन,सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने हाम्रो मान्नेता हो।’
९औं स्थापना दिवसको अवसरमा बैंकको तुलसीपुर शाखाले तलवी खाता बाफत औषधीको विमा दाबी गर्ने एकजना खातावालाई रकमसमेत हस्तान्तरण गर्न लागेको शाखा म्यानेजर पछाँईले जानकारी दिए ।
सिभिल बैैंकले शुन्य व्यालेन्समा खाता खोल्दै आएको छ । तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी अनन्त गौतमले बैंककोतुलसीपुर शाखामा गरेको दाबी अनुसार १८ हजार ४ सय ३६ रुपैंया तलवी खाता बाफतको औषधीको विमाको रकम हस्तान्तरण गर्नलागिएको शाखा म्यानेजर पछाँईले जानकारी दिए ।