२०८३ असार २८ गते आइतवार

रोमहर्ष भण्डारीलाई ९० हजार आर्थिक सहयोग

दाङ, साउन २७ । दाङ तुलसीपुर निवासी राजनीतिक तथा सामाजिक व्यक्तित्व ब्लड क्यान्सर पीडितलाई राजधानीमा ९० हजार आर्थिक सहयोग प्राप्त भएको छ । ईजरायलमा बस्दै आएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले आपसमा संकलन गरेर उक्त रकम पठाएका हुन ।

सलोम नेपाल मोभमेन्ट सोसाइटीले ब्लड क्यान्सर पीडित भण्डारीलाई सोमवार एक औपचारिक कार्यक्रमका बीच आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सोसाइटीको तर्फबाट सांसद कोमल वलीले ब्लड क्यान्सर पीडित भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन । नेकपाकी सांसद समेत रहेकी वलीले भण्डारीको सहयोगको लागि यसअघि पनि विभिन्न ठाउँवाट आर्थिक संकलन जुटाउन प्रयास गर्दै आएकी छन् । उनको प्रयासले गर्दा भण्डारीलाई विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सानो तिनो सहयोग गर्दै आएको भएपनि त्यो रकम भण्डारीको उपचारको लागि भने प्रयाप्त हुन सकेको छैन ।

पीडित भणडरीले काठमाडौंको नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल र भारतको गान्धी अस्पतालमा उपचारका लागि पुग्ने गरेको बताए । त्यो बढी खर्चिलो हुने हुँदा आफ्नो लाखौं सम्पत्ति सकिएको भन्दै पीडित भण्डारीले सहयोगका लागि सबैमा याचना गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बन्गैका स्थायी बासिन्दा भण्डारीको तुलसीपुर ६ बरुवा गाउँमा पनि घर छ ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *