दाङ , कात्तिक ६ ।
विजया दशमी अन्तर्गत आज दुवादसी अर्थात तेस्रो दिन ।
आजपनि मान्य जनबाट दसैंको टीका थाप्न जानेहरुको चहल पहल कायमै छ ।
दसैंको मुख्य दिनमा मान्ने जनबाट आषिक तथा टीका थाप्न नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउने जाने चलन छ ।
बिजया दशमी दिन टीका लगाउन छुटेका तथा टाढा आउ जाउ गर्नेहरुले कोजाग्रत पूर्णिमा टीका थाप्न जाने चलन छ ।
दसैंको पाँच दिनसम्म नव दुर्गाको प्रसादका रूपमा मान्यजनका हात टीका तथा आषिक थाप्ने चलन समाजमा बिगतदेखि नै चल्दै आएको परम्परा हो ।
दसैंमा शुभ साइतको प्रतीक रातो टीका तथा समृद्धिको प्रतीक पँहेलो जमरा लगाउने गरिन्छ ।
प्रकाशित मिति : २०८३ कार्तिक ७ गते शुक्रवार
