दाङ, असार २२ ।
संगै मदिरा सेवन पछि घर फर्किदा बाटोमा हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
इो घटना बझाङको हो ।
असार १९ गते बेलुकी पख गाउँ घरकै आफन्तसमेत पर्ने तीन जना केदारस्युँ गाउँपालिका–६ त्यडी गाउँका ४२ वर्षीय मोहनबहादुर बोहरा, ४६ बर्षीय गोपाल बोहरा र ३१ बर्षीय जनक बोहरा स्थानीय बजारमा गइ मदिरा सेवन गर्छन ।
फर्किदा संसाँझै थियो । घडमिा ८ बज्दै थियो । मदिरा सेवन पछि उनीहरु घर फर्किन पैदल हिडिरहेका थिए । मातेका उनीहरुका बीचमा सामान्ने कुरामा भनाभन सुरु हुन्छ । आपसी भनाभनका क्रममा मोहन र गोपालका बीचमा धकेला धकेल भयो । मोहनले धकेल्दा गोपाल भूइमा लडे । धकलेर किन लडाएको भनेर जनकले मोहनलाई कुटे । त्यही बीचमा भूइमा लडेका गोपाल दुई वटा ढुँगा हातमा लिइ उठे ।
गोपालले तीनै ढुँगाले एकाएक मोहनको कञ्चटमा प्रहार गरे । ढुँगा प्रहारको तातो चोटले लडेपछि मोहन तत्काल उठे । तर, त्यो निभ्ने बेलाको बत्ती जस्तै साबित भयो । उनी जुरुक्क उठे तर तत्कालै फेरि भूइमा लडी हाले । त्यसपछि भने उनी उठ्न सकेनन् । उनी विस्तारै चलमलाउन पनि छोडे ।
उनी चलमलाउन थालेपछि गोपाल र जनकले मोहनलाई बोलए । लडेका उनको शरिर हल्लाए । तर उनी स्थित भइ सकेका थिए । बल्ल उनीहरुले मोहनको मृत्यु भइ सकेको एकिन गरे । अब फसिने भइ्यो भन्ने चिसो उनीहरुको मनमा पस्यो । ज्यान मुद्दा बाट जोगिने उपाएको खोजी गरे । दुबैले शव ब्यबस्थापनको उपाए खोजे । उनीहरु मिलेर मोहनको शब करिब ५० मिटर नजिकको मकै बारीमा लगेर फाले ।
त्यो शुक्रबारको रात मोहन घर पुग्ने कुरै थिएन । घर परिवारले अर्कौ दिन बिहानै उनको खोजी सुरु गरे । गाउँ घरमा सोधिखोजी गरे । खोजी गर्ने क्रममा मोहनको शब दोस्रो दिन असार २० गते शनिबारको दिन बिहान मकै बारीमा मोहनको शब फेला पर्यो ।
अर्कौ तर्फ संगै मदिरा सेवन गरेका गाउँकै आफन्तसमेत पर्ने गोपाल र जनक त्यो रात घरमा गएका थिएनन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सिनाका अनुसार शनिबार बेलुकी अबेरसम्म उनीहरु घर नगइ गाउँमै लुकिछिपी बसेको कुरा प्रहरीले सुराक पाइ सकेको थियो । त्यही सुराकका आधारमा संगै मदिरा सेवन गरेका मध्य गोपाल र जनकको खोजीका लागि प्रहरी परिचालन भइ सोही दिन राति दुई जना पक्राउ परेका थिए ।
मोहन हत्या घटनामा मुख्य अभियुक्त मानिएका दुई जना गोपाल र जनकलाइ आज उनीहरुका बीचमा के कुरामा बिबाद उत्पन्न भएको थियो भन्ने कुराको यादसमेत नरहेको प्रहरी समक्ष बयान गरेका छन् ।
‘ मुख्य अभियुक्त मानिएका दुई जनाले आँफुहरुको बीचको भनाभन वा बिबाद के कुराबाट सुरु भएको थियो भन्ने यादसमेत नरहेको बयान गरेका छन्,’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने ‘मदिरा सेवन पछि रमाइलो गर्दै आपसमा जिस्कदै हिड्ने क्रममा सामान्ने भनाभनकै क्रममा धकेला धकेल हुँदा भइमा लडेपछि उत्तेजना काबुमा राख्न नसक्दा आपसमा मिल्ने साथी भाइले नै ढुँगा प्रहार गरि हत्या गरेको तथ्य अनुसन्धान बाट खुल्छ।’
प्रहरीले मोहन हत्या घटना अनुसन्धान गर्न ६ जनालाई पक्राउ गरेको छ । तर, हालसम्मको अनुसन्धान बाट पक्राउ परेका थप चार जनाको हत्या घटनामा संलग्नता नखुलेको प्रहरीले जनाएको छ ।
बाबुको हत्या आरोपमा छोरा पक्राउ
बझाङमा सोही दिन अर्थात असार १९ गते दिउँसो अर्कौ यस्तै घटना घटेको थियो ।
जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकेलस्थित श्री भगवती आधारभूत विद्यालयमा बिहान करिब साढे ११ बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी माथि स्थानीय चालकसमेत रहेका २५ वर्षीय सन्तोष भनिने सिंहराज धामीले मदिरा सेबन गरि कुटपिट गरे । शिक्षक मदन धामीको टाउकोमा चोट लागेर घाइते बनिसकेका थिए । शिक्षक माथि छोराले कुटपिट गरि रहेको देखेर सन्तोका बुवा ५८ वर्षीय गगन धामी झगडा छुट्याउने उदेश्यले गए ।
बझाङका प्रहरी प्रमुख डिएसपी टेक जोराका अनुसार सन्तोषले प्रहार गरेको चिर्पट बुवा गगनको टाउकोमा लाग्यो ।
टाउकोमा चोट खेपेका घाइते शिक्षक धामीका साथै सन्तोषका बुवा गगन दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पुर्याइयो ।
उपचारपछि शिक्षक मदन सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भए । तर, छोराको प्रहार बाट टाउकोमा गम्भीर चोट खेपेका बुवा गगनलाई भने थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रिफर गरियो । गगनको उपचारका क्रममा दोस्रो दिन बिहान अर्थात असार २० गते सवा १० बजे तिर मृत्यु भयो । बुवाको मृत्यु पछि हत्या आरोपमा सन्तोष भनिने सिंहराज धामी पक्राउ परे ।
डिएसपी जोराका अनुसार मदिरा सेवन पछिको क्षणिक आवेग र उत्तेजना नियन्त्रण गर्न नसक्दा समाजमा अप्रत्यासित रुपमा दुःखद घटनाहरु बढ्दै जानु चिन्ताको बिषय बन्दै गएको छ ।
‘ मदिरा सेवन पछि बिद्यालयमै गइ शिक्षक मदन माथि कुटपिट तथा आक्रमण गर्नु र त्यो छुटाउने प्रयास गर्दा बुवालाई नै चिर्पट प्रहार हुँदा हत्या भएको घटनामा आज छोरा पश्चापात गरि रहेका छन्,’ उनले भने ‘ मदिरा सेवनले घर घरको मात्रै होइन समाजको शान्तिपनि खलबल्याएको छ सबै भन्दा चिन्ता र चुनौतिको बिषय घर समाजका लागि यही बनेको छ ।’
डिएसपी जोराका अनुसार अपराधिक घटनामा मदिरा तथा लागुऔषधको प्रयोग प्रमुख कारण बन्दै गएको हुँदा ती बस्तुको नियन्त्रणका लागि राज्यका साथै समाजका हरेक सजग ब्यक्ति अगाडि सर्न जरुरी छ ।
दुई वटै हत्या घटनामा संलग्नहरु आज प्रहरी हिरासतमा बसेर मदिरा सेवनका कारण भएका जघन्ने अपराधका घटना बारे पश्चाताप गरि रहेका डिएसपी जोराले बताए ।
दुबै घटनाका अभियुक्तहरु बिरुद्ध म्याद थप भइ प्रहरीले कतब्र्य ज्यान शिर्षकमा मुद्दा चलाउने गरि अनुसन्धान र मिसिल तयार गर्ने कार्य अगाडि बढाएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक दीपक बिष्टले बताए ।