तुलसीपुर, असार २० ।
नेपाल शिक्षक संघ दाङले संघका साधारण सदस्य स्वर्गिय रमेश पुरीको सम्झनामा शनिबार शोक सभा गरेको छ । पुरीको निवास दंगीशरण गाउँपालिका–३ एकलीमा संघले शोक सभा गरेको हो ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता एवं नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष युवराज बस्नेतको प्रमुख आथिथ्यता शोक सभा भएको हो ।
शोक सभामा शिक्षक संघ दाङका निवर्तमान उपाध्यक्ष योगराज खत्री, संघका शान्तिगर सल्लाहकार खुमानन्द पौडेल लगायतले पुरी प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
स्वर्गिय दाजु नेपाल शिक्षक संघ, घोराहीका अध्यक्ष खिमप्रकाश पुरीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण संघ जिल्ला सचीव सूर्यबहादुर बस्नेतले गरेका थिए ।
त्यसक्रममा संघले परिवारलाई केही आर्थिक साहेत प्रदान गरेको थियो । शान्तिनगर– ७ स्थित माध्यमिक विद्यालय तुलसीपुर धनौरीमा कार्यरत रमेश पुरीको ४४ बर्षको अल्पआयूमै असार १३ गते निधन भएको थियो ।