२०८१ असोज २९ गते मङ्गलवार

स्थानीय तहको उपचुनावमा मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने

दाङ,असोज २ । मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावमा मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले भदौ ३१ गतेसम्म मतदाता नामावली संकलन भएका मंसिर १५ सम्म उमेर पुग्नेले मतदान गर्न पाउने निर्णय गरेको हो।

आयोगले दर्ता भएको नामावलीमा असोज १८ देखि ३० गतेसम्म त्रुटी सच्याउन समय दिने भएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर १६ गते हुने उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्दै मंसिर २ गतेका लागि उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगका अनुसार असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने र असोज २० गते दल दर्ता स्वीकृत गर्नेछ।

कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने कार्यतालिका छ। कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका छ।
मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने र १६ गते मतदान हुनेछ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *