२०८३ भाद्र ३१ गते बुधवार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

काठमाण्डौ,फागुन २७ । राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनको मिति फागुन २९ गतेलाई तोकिएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मंगलबारको मिति तोकिएको जानकारी गराएका हुन्।

उनले निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पदमप्रसाद पाण्डेलाई निर्देशन समेत दिइन्।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको मनोनयन सोमबारका लागि तोकिएको छ। निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ।

नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले पाउने सहमति भएको छ। माओवादीबाट उर्मिला अर्याल,झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ। उम्मेदबारको टुंगो लगाउन आज माओवादी केन्द्रको बैठक बस्दैछ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार उठाउने निर्णय गरेको छ।

माओवादीसँगको गठबन्धनमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको थियो। तर सत्ता समीकरण फेरिएपछि राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले पाउने भएको हो।

कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौलालाई नियुक्त गरेपनि अध्यक्षमा कसलाई उठाउने भन्नेबारे टुंगो लगाएको छैन।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *